सन्धिखर्कमा विश्व आत्महत्या दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची भदौ २४, २०७६ – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा बिश्व आत्महत्या दिवसको अबसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत सरोकारवाला निकायहरुबिच आत्महत्या रोकथाम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
 कार्यक्रममा बोल्ने सहभागीहरुले मानिसमा बिभिन्न खाले तनाब सहन सक्ने क्षमतामा कमिभएकोले आत्महत्या गर्ने गरेको भन्दै त्यसलाई रोकथाम गर्नकोलागी बिभिन्न सचेतनामुलक कार्यहरु सन्चालन गर्नुपर्ने बताउनुभयो । अशिक्षा,गरीबि र बेरोजगारका कारण आत्महत्या गर्नेको संङ्ख्या बढेको बताउदै सहभागीहरुले यसलाई निरुत्सायीत गर्न राज्यले बिशेष योजना बनाउनुपर्नेमा जोड दिनभएको हो ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुरकुमार बिक, स्थानिय जनप्रतिनिधि, शिक्षक, पत्रकार लगायत सरोकारबाला संस्थाहरुको सहभागीता रहेको कार्यक्रमको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीषक प्रकाश बिष्टले सहजीकरण गर्नुभएको थियो ।
 

अन्य समाचारहरु