श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) भाद्र २४ । पतञ्जली योग समिति अर्घाखाँचीले जिल्लामा भर्खर मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल ,रामबाण गुल्मका गुल्मपति सुमन थापा, सशस्त्र प्रहरीका डिएसपि माधब रेग्मी र अनुसन्धान प्रमुख विनय चर्तुबेदीलाई मंगलबार एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
कार्यक्रममा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । पौडेलले राष्ट्रसेबक कर्मचारी र नागरिक बिच सुमधुर सम्वन्ध हुनुपर्ने भन्दै आफुले समुदाय संग हातेमालो गरी काम गर्न चाहेकोले सम्पूर्ण जिल्लाबासीको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
पौडेलले राष्ट्रसेबक कर्मचारीले मुस्कान सहितको सेवा प्रदान गरेर नागरिकको मन जित्नु पर्ने भन्दै समाजमा अबाञ्छीत कृयाकलाप गर्ने जो कहीलाई पनी कानुनको डाएरामा ल्याउने भन्दै आफु जिल्लामा रहुन्जेल बिधिको शासन अनुसार कामगर्ने बताउनु भयो ।
यस्तै प्रजिअ पौडेलले योगले ब्यक्तीलाई सजिलो गरेर आयु लम्बाउन र सकरात्मक जिबनशैली र व्यबहारलाई परीबर्तन गर्न अहम भुमिका निर्बाह गर्ने भएकोले सबैले योग गर्नुपर्नेमा जोड दिनुभयो ।
पतञ्जलि योग समितिका जिल्ला अध्यक्ष प्रेमनारायण पोख्रेलको अध्यक्षता,नगर अध्यक्ष पार्बता श्रेष्ठको स्वागत मनतब्य र युबा प्रभारी लक्ष्मण पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पतञ्जलि योग समितिका केन्द्रीय सदस्य शान्ता खत्री ५ नं प्रदेश सदस्य बिना पन्थी,महिला जिल्ला अध्यक्ष लक्ष्मी दमासे लगायतको आतिथ्यता रहेको थियो ।