ढाकावाङको भैनिखोलामा राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली सभा सम्पन्न

माधब खनाल 
ढाकावाङ, अर्घाखाँची भदौ २५  । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न २ ढाकावाङको आयोजनामा भैनिखोला निवासी राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्य स्वर्गीय मुक्तिराम खनालको नवौं दिनको पुण्य तिथि पारी बुधबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
 शभामा मन्तव्य राख्दै राजमो जिल्ला समिती सदस्य मेघराज खनालले स्वर्गीय खनालको निधनले राष्ट्रिय जनमोर्चा स्तब्ध भएको बताउदै खनालले देखाएको बाटोमा लाग्न कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा भुमिकास्थान वडानं. २ का वडाअध्यक्ष बुद्धि बहादुर थापा वडासदस्य ओमप्रसाद खनाल प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला सदस्य माधव खनाल लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्वर्गीय खनालका जेष्ठ शुपुत्र सुमन्त खनालको अध्यक्षता र नारायण खनालको संचालनमा सम्पन्न भएको होे । 
फोक्सोको क्यान्सर बाट पीडित खनालको यहि भाद्र १७ गते ७४ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

अन्य समाचारहरु