पोखराथोकको हरिहर सँस्कृत साधरण माबिको जग्गामा दुई रुपैयाँ खाएको प्रमाणित गरे आत्मदाहा गर्ने पाणिनी गाउँपालिकाका अध्यक्ष गौतमको चुनौती

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकमा रहेको हरिहर संस्कृत साधारण माबिको जग्गा साटफेरका बिषयमा आएका समाचार भ्रमपूर्ण भएको बिधालयले जनाएको छ ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सन्धिखर्कमा पत्रकार सम्मेलन गरि बिधालयलाई आबश्यक पर्ने ३ बिगा ९ कठ्ठा जग्गा बिधालयलाई आबश्यक पर्ने जग्गा साटफेरको प्रकिया अगाडि बढाएको बताउनु भयो ।
बिधालयलाई नमुना बनाउने साईन्स कक्षा सन्चालन  गर्नका लागि बिधालयको जग्गा साटफेर गर्नका लागि पटकपटक स्थानिय राजनीति दल सरोकारवालाहरुसँग छलफल गरि प्रकियअगाडि बढाउन लागिएको बताउनु भयो ।
गौतमले मिटिङमा गएर सहि गर्ने बाहिर मिडियामा आएर नकारात्मक कुरा गरेर बिधालयको बदिनाम गर्ने तर्फ केही तत्व लागेको बताउदै आफुलाई बिधालयको जग्गाबाट दुई रुपैयाँ खाएको प्रमाणित गरे आफु आत्मदाहा गर्न तयार रहेको बताउनु भयो ।
आफुलाई बदनाम गरेर सिधाउन खोजेको भन्दै अध्यक्ष गौतमले आफु गरेर खानि ब्यक्ति भएकोले कसैको सम्पत्ति माथि आँखा लगाउन नपर्ने अझै आबश्यक्ता परे बिधालयका लागि जग्गा दान दिन सक्ने सङकेत गर्नु भयो । 

अन्य समाचारहरु