शितगंगा नगरपालिकाका प्रमुख अधिकारीद्वारा पारिश्रमिक वापतकाे रकम लाहापे माविलाई हस्तान्तरण ( तस्बिर सहित)

नेत्र प्रसाद मरासिनी 
लाहापे, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) २७ भाद्र २०७६  । शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले नगरपालिकाबाट प्राप्त पारिश्रमिक वापतकाे रु एक लाख पचास हजार रकम    लाहापे माविलाई हस्तान्तरण गर्नुभएको छ । 
शिक्षाको बिकास बिना नगरको बिकास नहुने भन्दै उहाले बिध्यालको अक्षकोष स्थापना गरि गरिव तथा जेहन्दार बिध्यार्थिकाे निम्ति साे रकम प्रयोग गरिने बताउनुभयो । 
आर्थिक अभावमा कुनैपनी विद्यार्थी शिक्षा बाट बन्चित हुन नहुने भन्दै नगर प्रमुख अधिकारी ले दोस्रो चरणमा सो रकम प्रदान गरेको बताउनु भयो । 
अधिकारिले पहिलो चरणमा रु एकलाख पचास हजार पावर मावि लाई प्रदान गरिसक्नु भएको छ ।  
अा.व.२०७५/७६ काे समीक्षा तथा अनुदान वितरण कार्यक्रम मा साे रकम हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा  उपप्रमुख टिक रेस्मी,वडा अध्यक्ष रुक बहादुर अाले लगायतले मनतव्य व्यक्त गर्नुभएको थियोे ।

अन्य समाचारहरु