शोभाखर पन्थी
बाँगी, अर्घाखाँची भदौ २७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी वार्ड नं.५ बाँगीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनाराण आलचार्यले ऐतिहासिक पार्टी एकताको सन्देश घर घरमा पुर्याउन कार्यकर्तालाई आग्रह गर्नु भयो । विश्व कम्युनिस्ट आन्दोलन गंभिर संकटमा फसेको समयमा नेपालका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताले विश्वका उत्पिडित जनताको मनोबल बढेको बताउँदै उहाँले पुराना तिक्ततालाई बिर्सिएर नयाँ सोंच र उचाइका साथ काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
प्रदेश सभाका सदस्य समेत रहनु भएका आचार्यले जिल्लाको बिकासको निम्ति प्रदेश तथा केन्द्र सरकार बाट प्रयाप्त बजेट बिनियोजन गर्न सफल भएको बताउँदै बजेटको सहिरुपमा परिचालन गरि प्रभावकारी बिकासको निम्ति चनाखो भएर लाग्न सबैपक्षको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सदस्य नरेन्द्र कुमार क्षत्रीले वर्ग विभेदको अन्त्य र सामाजिक न्यायको निम्ति एकताका साथ अघि बढ्न कार्यकर्ता लाई निर्देशन दिनुभयो । उहाँले बर्तमान सरकारले देश र जनताको पक्षमा काम गरे पनि जनतामा गलत प्रचार गरेको भन्दै चनाखो हुन कार्यकर्ता लाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सदस्य पिताम्बर भुसाल ,मालारानी गाउँपालिकाका ईन्चार्ज मानबहादुर पाण्डे ,सहईन्चार्ज तिलक मिश्र,अध्यक्ष सालिकराम आचार्य,जिल्ला कमिटी सदस्य मुनाल खड्का ,बसन्त खड्का ,देब बहादुर खड्का लगायतले मन्तव्य राख्दै बैचारिक ,सैद्धान्तिक र भावनात्मक रुपले पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले वडा कमिटीका अध्यक्ष शोभाकर भुसाल ,सचिव हरिबहादुर चौहान डाल बहादुर चौहान लगायत सदस्य हरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।