बल्कोटबाट वैदेशिक रोजगारीमा गएका युवाहरुले मुटु विरामीलाई आथिक सहयोग गरे

केशब पन्थी
बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको बल्कोटबाट वैदेशिक रोजगारीमा गएका युवाहरुले लामो समय देखि मुटुको समस्या भएका छत्रदेब ३ का राजेश नेपालीलाई दुईलाख तिन हजार रुपैया आथिक सहयोग गरेका छन।
मुटुमा प्वाल परेका राजेश नेपालीको पारिवारिक आर्थिक अबस्था कमजोर भएको हुनाले वाड तथा गाउँपालिकाले सहयोग उठाउन सबैलाई सिफारिस समेत गरेको थियोे ।
लामो समय देखी समाजमा भएका दु:खकस्टमा साहारा दिदै आएको बल्कोट दुबई सम्पर्क समाज युएईले आर्थिक सहयोग अभियान संन्चालन गरेको थियो ।
उक्त अभियानमा बल्कोटबाट दुबई ,कतार ,मलेसिया बहराइन भारत लगाएतका देशमा रहेका बल्कोटका साथीहरुले आर्थिक संकलनमा सहयोग गरेको समाजका अध्यक्ष टुमलाल पाण्डेले अर्घाखाँची ड्ट्कम संगको कुराकानी बताउनु भएको छ।
संकलित रकम स्थानीय जनप्रतिनिधि र सामाजसेबिको उपस्थितिमा राजेश नेपालीलाई हस्तान्तरण गरिएको छ्त्रदेब गाउँपालिका वाड.३ का अध्यक्ष तेजप्रसाद खनालले बताउनु भयो ।
बल्कोट दुबई सम्पर्क समाजले समस्यामा परेका परिवारलाई समय-समयमा आर्थिक सहयोग गर्दै आएको समाजका सचिव अमित पाण्डेले बताउनु भयो । 

अन्य समाचारहरु