पंजाबमा गाडीको ठक्करबाट अर्घाखाँचीका २ युवकको मृत्यु

बिष्णु कुमार आले 
अर्घाखाँची,(अर्घाखाँची डट्कम) अर्घाखाँचीका २ युवक भारतको पंजाब भटिण्डामा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । रोजगारीकाे खोजिमा भारत गएका अर्घाखाँची सितगंगा ३ पाँचपोख्रीका ३२ बर्षिय बिष्णु बहादुर बिक र पाणिनी २ ढाडा खिदिमका ४४ बर्षिय कृष्ण बहादुर सुनारको भारतको पंजाप भटिण्डा नजिकै मोटरसाइकल दुर्घटनाम परि मृत्यु भएको हो ।
डिउटीबाट कोठामा  मोटरसाईकल चढेर फर्कदै गर्दा बिपरित दिशाबाट आउदै गरेको  गाडिले ठक्कर दिदा बिष्णु बहादुर बिकको घटनास्थलमै गएराती ज्यान गएको थियो ।  अर्का मोटरसाईकल पछाडि सवार गरेका कृष्ण बहादुर सुनारको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको  पंजाबमा कार्यरत मृतकका आफन्त भानु बिकले जानकारी दिएका छन्  । 
ठक्कर दिएर गाडि फराहर भएकाले गाडी नम्बर अझै पत्ता लाग्न सकेको छैन । मृतक बिष्णु बहादुर बिक सितगंगा ३ पाँचपोख्री निवासी  ५९ बर्षिय गम्बरसिङ बिक पिता र अामा ५२ बर्षिय सान्तीकला बिकका एक्ला छोरा हुन् । उनको २५ बर्षिय एक श्रीमती र ९ बर्षिय एक छोरा रहेका छन् ।  उनी ८ महिना अघि रोजगारीको खोजीमा भारतको पंजाप भटिन्डा गएको मृतकका पिता गम्बरसिङ बिकले बताए ।  । यस्तै मृतक कृष्ण बहादुर सुनार पाणिनी २ ढाडाखिदिम निवासी पिता ७० बर्षिय मान बहादुर सुनार र आमा ६६ बर्षिय तुलसा सुनारको जेठो छोरा हुन् । मृतकको ४ छोरा १ छोरी रहेका छन् । उनी ६ महिना अघि रोजगारीको शिलसिलामा भारतको पंजाप भटिन्डा गएका थिए । 
शवलाई अहिले भटिण्डा स्थित सिविल अस्पतालमा पोष्टमार्टम लागि राखिएको छ । पोष्टमाट्म पछि शवलाई नेपाल ल्याउने  वा भारतमै अन्त्यष्टी गरिने बारे तय गरिने  पंजाब भटिण्डामा कार्यरत मृतकका आफन्त महेश्वर बिकले टेलिफोनमा जानकारी दिए  ।

अन्य समाचारहरु