गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्यापसन अर्घाखाँचीकाे आयाेजनामा जिल्लाभर रहेका शिक्षकहरूकाे प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम मन्तव्य राख्दै प्रमुख अतिथि कमल प्रसादभुसाललेकानुनले मिले सम्म निजि क्षेत्रलाई सहयाेग गर्ने प्रतिवद्वता जाहेर गर्दै शिक्षा क्षेत्रमा निजि क्षेत्रले पुयाएकाे याेगदान उच्च प्रशंसा गनुभएकाे थियाे ।
मन भएर कानुनले छेकेका कारण सहुलियत दिन नसकेकाे स्वाकार गदै निजि विधालयलाई कुनै न कुनै हिसावले सहयाेग गर्ने बताउनुभयाे ।
सघका अध्यक्ष गणेश क्षेत्रिकाे अध्यक्षता सचिव कमल बेल्वासेकाे सञ्चालन र उपाध्यक्ष माेहन भुसालकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सघका केन्द्रीय सदस्य श्रिकृष्णा भुसाल,नेपाल पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल लगाएतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । जिल्ला भरका झन्डै तीन सय शिक्षक उपस्थिति रहेकाे थियाे ।