अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । नेपाल रेड्क्र्स सोसाइटी जिल्ला शाखा अर्घाखाँचीको आयोजनामा बिश्व प्राथमिक उपचार दिबसको अबसरमा प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी का केन्द्रिय अध्यक्ष संजीव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोह मा भुमिकास्थान नगरपालिका का प्रमुख रेशम थापा सनपा २र५ का वडा अध्यक्ष हरु मोतिजङ रायमाझी ,राजेन्द्र भुसाल सोसाइटी का केन्द्रिय सदस्य उत्तम कुमार जोसि, सोसाइटी का ५ न. प्रदेश अध्यक्ष शम्भु पोख्रेल ,कार्यकारी प्रमुख उमेश ढकाल, प्रहरी नायब उपरीक्षक प्रकाश बिस्ट ,ससस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी राजनैतिक दल का प्रमुख तथा प्रतिनिधि पत्रकार महासंघ का जिल्ला अध्यक्ष, प्रदेश सदस्य हरु, सन्धिखर्क एफ का स्टेशन म्यानेज लागायत को उपस्थित रहेको थियो ।
शाखा कार्यलय अर्घाखाँची का उपसभापति कैलाश श्रेष्ठ को स्वागत मन्तब्य मा संचालित शुभकामना आदानप्रदान कार्यक्रम मा प्रमुख अतिथी बिशिस्ट अतिथी र अतिथि हरुले शुभकामना मन्तव्य राखेको समारोह को अध्यक्षता कमल घिमिरे र सन्चालन कुशल भुसाल ले गर्नु भएको थियो ।