( प्रकासित मिती: २०७६ भाद्र २८, शनिवार)
अर्घाखाँचीडट्कम संवाददाता
भुपाल, भारत (अर्घाखाँचीडट्कम) । भारतको भुपालमा गणपति गणेश मुर्ति विसर्जनको क्रममा डुंगा दुर्घटना हुँदा एक अर्घाखाँचीका युवाको मृत्यु भएको छ ।
भोपालको खटलापुरा घाटमा शुक्रवार अपरान्ह ४:३० बजे गणपति गणेश मुर्ति विसर्जन क्रममा दुई डुंगा दुर्घटना हुँदा अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर -१२ डिभर्नाको टाकुरा बरा पाटाका २२ वर्षिय हरि राना मृत्यु भएको हो ।
राना आफ्ना बाबु- आमा सहित सबै परिवार सहित भुपालमा बस्दै आएका थिए । रानाको निधनले भुपालका नेपालीबासी शोकमा डुबेका छन् ।
उक्त घटनामा राना सहित ११ जनाको मृत्यु भएको भारतीय संचारमाधय्मले बताएका छन् ।