वाङ्लाको वलेवाँङमा पहिलो पटक बृहत स्वास्थ शिविर हुने


दिपक भूसाल 
काठमाण्डौ । अर्घाखाँची जिल्लाकै ईतिहासमा पहिलो पटक बृहत स्वास्थ शिविर हुने भएको छ। 
सन्धिखर्क नगरपालिका वडा नं ५ वाङ्लाको वलेवाँङमा यहि २०७६ असोज ११ देखी १२ गते सम्म दुई दिन सो शिबिर आयोजना हुने भएको हो । विश्व मुटुरोग दिवसको अवसरमा लाईन्स क्लव अफ काठमाण्डौ लर्ड वुद्धको मुख्य आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र ससस्त्र प्रहरी बल नेपालको सह आयोजना रहने गरी शिबिर संचालन हुने भएको छ।
काठमाण्डौमा भेट्नको लागी महिनौ लाग्ने विशेषज्ञ डाक्टरहरुलाई सिविरमा सजिलै भेट्न सकिने भएको हुदा कार्यक्रम थप प्रभावकारी हुनेमा आयोजक संस्था ढुक्क छ । शिबिरमा दीर्घ रोगीलाई ३ महीना सम्म को निःशुल्क औषधि वितरण र अन्य बिरामीलाई निसुल्क उपचार गरिने भएको छ । यो शिविरमा ईको, ईसीजी, यूएसजी तथा अन्य परीक्षणहरु पनि निःशुल्क गरिने छ ।
विगतमा पनि गुल्मी,दोलखा र उदयपुरमा वृहत स्वस्थ्य सिविर संचालन गरि सकेको लयन्स क्लब अफ काठमाडौ लर्ड बुद्धले नेपालका दुरदरजका गाउमा गइ निस्वार्थ सेवा प्रदान गरिरहेको क्लबका अध्यक्ष हरि अधिकरिले बताउनु भयो।
यस शिविरमा उच्च स्तरिय अस्पताल वाट प्राप्त हुने स्वास्थ्य सेवा दिने उद्देश्य स्वरुप वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रोषन कुमार झा (सशस्त्र प्रहरी अस्पताल वलम्बु), वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सुमन्त वन्जाडे (मानव अंग प्रत्यारोप केन्द्र,भक्तपुर ),वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सुमित्रा थापा,वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ डा.बर्षा थापा (प्रदेश नं ५ दाँत तथा मुखरोग प्रमुख),वरिष्ठ हाड जोर्नि तथा नसा रोग विशेषज्ञ,नाक,कान,घाँटी रोग विशेषज्ञ,विभिन्न मेडिकल अफिसर,ल्याब टेक्निसियन तथा असिस्टेन्ट, स्टाफ नर्सहरु सहितको ४० जनाको स्वास्थ्य टोली आउने कार्यक्रम रहेको छ । 
विभिन्न संघ सस्थाले यस अघिका दिनमा सदरमुकाम केन्द्रीत शिविरहरु संचालन गर्दै आइरहेता पनि दुर्गम वस्तिमा यस्ता शिबिरको आवश्यकता रहेको महसुस गर्दै यो स्थान छनौट गरिएको आयोजक सस्थाले जनाएको छ । माननिय कृषि तथा पशुपन्छी बिकास मन्त्रि चक्रपाणि खनाल

अन्य समाचारहरु