छत्रदेवको केरुङ्गाका दुई मुटु रोगी बालिकाहरुको पैसा नहुँदा उपचार हुन सकेन्


सागर महत
सन्धिखर्क, अर्घाखाँची भदौ २८ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड नं. ४ केरुङ्गाका राम बहादुर सुनारका दुई छोरी आर्थिक अभावका कारण उपचार गर्न नसक्दा घरमै राख्न बाध्य भएका छन । 
पीडा माथी पीडा थपिएको छ भने जसमध्य ७ बर्षीय छोरी सृष्टी सुनार लाई मुटु रोग लागेको छ । भने अर्की ९ बर्षीय छोरी सुष्मा सुनारलाई क्यान्सर लागेको छ ।
५ बर्षीय छोराको ब्लड क्यान्सर लागेर उपचारको उभावमा केही बर्ष अघी मृत्यु भएको थियो । केही रकम जुटाएर छोरी सृष्टीको उपचारका लागी पोखराको मणिपल अस्पतालमा लगेका उनले त्यहाँ पनि उपचार हुन नसक्दा काठमाडौको गंगालाल मुटु हस्पीटलमा रिफर गरीएको थियो । पैसा हुन सम्म उपचार गरीयो अहिले पैसा सकिएकै कारण छोरीहरु लाई उपचार गर्न नसक्दा घरमै राख्न बाध्य भएको बताए ।
सयोग गर्नको लागी निजका बुबा राम बहादुर सुनार सम्पर्क नम्बर 986445843
केही थप जानकारीको लागि आवश्यक परेमा सागर महत 9847443902

अन्य समाचारहरु