किमडाँडामा राष्ट्रिय जनमोर्चा भेला सम्पन्न

श्याम घिमिरे
किमडाडाँ, अर्घाखाँची भाद्र २८ । राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालीका वडानम्बर ८ किमडाँडाको भेला सनिवार सम्पन्न भएको छ ।
 भेलाले बिष्णु पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा समितिको गठन समेत गरेको छ । जसको उपाध्क्षमा बलराम बन्जाडे,सचिब राजु थापा, कोषाध्यक्षमा सुस्मीता पाण्डे र सहसचिबमा बिष्णु भुसाल चयन भएका छन । 
यस्तै समितिको सदस्यहरुमा लक्ष्मी कुवर,पम्फा राना,पार्बता मल्ल,तारा सुनार,बिष्णुप्रसाद बन्जाडे लगायत रहेको राजमोले जनाएको छ । यस्तै भेलाले चन्द्रप्रसाद बन्जाडे,लोकनाथ भुसाल,साजन वली,पुस्करनाथ बन्जाडे र लिला भुसाललाई सल्लाहकार समितिमा चयन गरेकोे छ ।
बिष्णु पाण्डेको अध्यक्षता र लोकनाथ भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै राजमो जिल्ला सदस्य तथा सन्धिखर्क नगरअध्यक्ष कमलप्रसाद घिमिरले वडासमितिलाई सफल कार्यकालको शुभकामना दिदै संघियताको खारेजी,गणतन्त्रको संस्थागत बिकास र राष्ट्रियताको रक्षाको लागी सबै एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
 

अन्य समाचारहरु