अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बाल दिवस २०७६ काे अवसर पारी पतञ्जलि याेग समिति अर्घाखाँचीद्वारा श्री निर्मल नवज्याेति सुस्त मनस्थिति बिद्यालय सन्धिखर्क १ मा अध्ययनरत बालबालिकाहरूलाई स्टेशनरी समान र खाजा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पतञ्जलि याेग समितिका केन्द्रीय सदस्य शान्ता खत्री, जिल्ला अध्यक्ष प्रेमनारायण पाेख्रेल, सन्धिखर्क नगरअध्यक्ष पार्बता श्रेष्ठ , महिला अध्यक्ष लक्ष्मि दमासे, याेग सादक लक्ष्मि आचार्य, बिद्यालयका प्रअ कमला भुसाल पत्रकार श्याम घिमिरे लगायतकाे उपस्थिती रहेकाे थियाे ।