विनोद गैरे
च्यूरामाटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भूमिकास्थान नगपालिका वडा नं.-८ नुवाकोट च्यूरामाटी स्थित श्री यशोधरा आधारभूत विद्यालयमा ५५ औं वालदिवसको अवसरमा बृहत अभिभावक भेला, विधाई, सम्मान, पुरस्कार वितरण तथा सरसफाई सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले वाल दिवसको अवसरमा वालवालिकाहरुलाई शुभकामना व्यक्त गर्दै पछिल्लो समयमा बसाईसराई तथा वोर्डिङ्ग स्कुलले गर्दा गाउँका सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको चाँप अत्यान्तै घटेको प्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा नीजी स्तरवाट संचालित वोर्डिङ्ग स्कुलजस्तै सरकारी स्कुलहरुलाई पनि प्रभावकारी वनाउन विद्यालय सेवा क्षेत्रका अभिभावक तथा सरोकारवालहरु सचेत रहनु पर्नेमा जोड दिनुभएको छ । विद्यालयमा विद्यार्थीहरुको संख्या बृद्धि गर्नुस विद्यालयलाई आवश्यक पर्ने आर्थिक, नौतिक साथै भौतिक जुनसुकै सहयोग गर्न नगर नचुक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै भूमिकास्थान नगरपालिका वडा नं. ८का वडा अध्यक्ष राजकुमार श्रेष्ठले शिक्षा आम जनताको आधारभूत आवश्यकताको विषय भएकोले शिक्षाको विकास तथा विस्तारमा कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भण्डै साडे ३ दशक अध्यापन गराई अवकास हुनुभएका शिक्षक द्वय वावुराम खनाल, राम प्रसाद गैरे र विद्यालयलाई रु. ४० हजारको फलामे गेट निर्माण गरिदिने स्थानीय समाजसेवी घनश्याम गैरेलाई प्रशंसा पत्र, काँसको करुवा, अविरमाला, खादा तथा नेपाली ढकाटोपीले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयले कक्षा १ देखि कक्षा ८ सम्म कक्षामा प्रथम, द्वितिय, तितृय हुने विद्यार्थीहरुलाई कापी, कलम उपहार प्रदान गरि सम्मान गरेको थियो भने सोही अवसरमा स्थानीय समाजसेवी हाल बुटवल निवासी गोपाल प्रसाद गैरेले स्वर्गिय माता पिताको नाममा स्थापना गरेको भिमलाल टोपकला गैरे स्मृति अक्षय कोषवाट प्राप्त व्यजवाट कक्षा १ देखि कक्षा ८ सम्मका ८ जना जेहेन्दार छात्रछात्राहरुलाई जनही ८५० का दरले जेहेन्दार छात्रबृति पुरस्कार वितरण पनि गरिएको थियो ।

यस्तै कार्यक्रममा अवकास प्राप्त शिक्षक द्वय वावुराम खनाल र राम प्रसाद गैलेले अक्षयकोष स्थापनाको लागी तत्काल जनही रु एकाउन्न हजारका दरले अक्षयकोष स्थापनाकाका लागि विद्यालयका प्रधानाध्यापक मदन खनाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगिश्वर गैरेलाई सयुक्त रुपमा राष्ट्रिय वणिज्य बैंकको चेक हस्तान्तरण गर्नुभएको थियो ।चेक हस्तान्तरण पश्चात शिक्षक द्वय खनाल र गैरेले आफुहरु शिक्षण पेशावाट अवकास भएता पनि विद्यालयको चौतर्फी बृद्धि र विकासको लागि कुनै कसुर वाँकी नराख्ने र विद्यालयका हरेक समाजीक अभियानहरुमा सदैभ होस्टेमा हैसे गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रकास सचेतन समुह प्रागका प्रेमनारायण गैरे, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम गैरे, स्थानीय बुद्धिजीवी चेत नारायण गैरे, डिल्लीराज गैरे, देविराम गैरे, भिमलाल जैसी, लगायतले मन्त्व्य राख्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगिश्वर गैरेको अध्यक्षता, शिक्षिका पुनकला आलेको स्वागत मन्तव्य र शिक्षक चन्द्रमणि गैरेको संचालनमा सम्पन्न भएकाे थियाे ।