ढिकुराको श्री शारदा माध्यमिक बिद्यालय गैरागोठमा वालदिवसको अवसरमा अभिभावक भेला, सम्मान, पुरस्कार वितरण कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

५५ औ बालदिवसको अवसरमा भुमिकास्थान नगरपालीका ९ ढिकुरा गैरागोठमा आज शैक्षिक शत्र २०७५ को बार्षिक तथा बकक्तृत्व कला कबिता बाचन सुर्ती लेखन खेलकुद निबन्ध बिबिध कार्यक्रमको पुरस्कार बितरण तथा सास्कृतीक कार्यक्रम सम्पन्न । 

अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भूमिकास्थान नगपालिका वार्ड नं.- ९ ढिकुराको गैरागोठमा  स्थित श्री शारदा माध्यमिक बिद्यालयमा ५५ औं वालदिवसको अवसरमा बृहत अभिभावक भेला, सम्मान, पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भूमिकास्थान नगरपालिका – ९ का वार्डअध्यक्ष नारायण प्रसाद खनालले वाल दिवसको अवसरमा वालवालिकाहरुलाई शुभकामना व्यक्त गर्दै पुरस्कार वितरण गरेका थिए । 
प्रमुख अतिथि भुमिकास्थान नगरपालीका वडा न ९ का वडाअध्यक्ष नारायण प्रसाद खनाल बिशिस्ट अतिथि सहि बिद्यालय का सहि भुतपुर्व शिक्षक हेमराज घिमिरे अतिथीहरु ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र घिमिरे सदस्य नारायण प्रसाद घिमिरे प्रध्यानध्यापक बिस्णु अधिकारी अभिभाबक सघका अध्यक्ष इश्वरी प्रसाद पोख्रेल लगाएत रहनु भएको थियो भने कार्यक्रम मा बिद्यार्थी भाइबहिनि ले नृत्य प्रशुत गरेका थिए कार्यक्रम को सन्चालक सहि बिद्यालय का शिक्षक लोकनाथ अधिकारीले गर्नु भएको थियो । 
कार्यक्रममा कबिता प्रतियोगिता, सुर्ती लेखन, बकृत्वकला कला प्रतियोगिता, हाजिर जवाफ, बार्षिक परीक्षामा प्रथम, द्दीतिय, तृत्तिय आउनेलाई पुरस्कार वितरण गरिएको थियो ।    
तस्बिर: विन्दु घिमिरे 

अन्य समाचारहरु