अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न ७ भगवतीको ढुङ्गाखोरमा खानेपानीको पाइप मर्मत गर्ने क्रममा पहिरो जाँदा पुरिएर २ जना घाइते भएका छन् ।
भगवतीको ढुङ्गाखोरमा खानेपानीको पाइप मर्मत गर्ने क्रममा पहिरो जाँदा पुरिएर छत्रदेव गाउँपालिका वार्ड नंबर -५ छत्रगंजका फनकुमार श्रेष्ठ र डिलप्रसाद श्रेष्ठ घाइते भएका हुन् ।
खानेपानीको पाइप मर्मत गर्ने क्रममा पहिरो ७-८ मिटर तल झरी पुरिएका उनिहरुको थप उपचारको लागि मिसन अस्पताल तानसेन पाल्पामा लगिएको छ ।