प्रेम नारायण आचार्य
छत्रदेव । छत्रदेव गाँउपालिकाले वाल दिवसको अबसरमा अन्तरक्रिया तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा आधारभुत तहको हाजिरी जवाफ प्रतियोगीतामा प्रथम हुने मालिका वोर्डिंग स्कुल ठुलापोखरा, द्धितीय सार्वजनिक मावि छत्रगञ्ज, र तृतीय कालिका वार्डिंगलाइ पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, वडा नम्वर ५ का अध्यक्ष वालकृष्ण श्रेष्ठ, कार्य पालिका सदस्य वस बहादुर कुमाल , सुन्तली विक , नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष नेत्र प्रसाद पोख्रेल, छत्रदेव गाँउपालिकाका अध्यक्ष कैलाशकुमार श्रेष्ठ, जीवन कुमार श्रेष्ठ, एकिकृत नेपाल शिक्षक संगठनका टोपलाल पाण्डे, सस्थागत विद्यालयका धनी श्बवर पाण्डे लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम कमल पौडेलको अध्यक्षता, विश्वदेव न्यौपानेको सञ्चालन र शिक्षा अधिकृत गिरीराज पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।