सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले कृर्षि पर्यटनको क्षेत्रमा सरकारले विशेष फोकस गरेर काम गरिरहेको बताउनु भएको छ ।
प्रेस सगठन नेपाल अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्री पोख्रेलले प्रदेसमा सबै खालका कानुन निर्माण भएकोले बिगतका बर्षहरुमा भन्दा यस बर्ष अनुगमन मुल्यांकन गरेर राम्रोलाई प्रोत्साहन नराम्रोलाई डन्ड जरिमाना गरिने बताउनु भयो ।
मन्त्री पोख्रेलले गतबर्ष बिकास बजेट पुरै खर्च हुन नसकेको ले अागामि बर्ष बिकास बजेट तोकिएको समयमा गुणस्तरीय काम गरेर खर्च गरिने बताउनु भयो ।उहाले अर्घाखाँची जिल्लामा प्राप्त बजेट प्रदेस सरकारले उपलब्ध गराएकाले जिल्ला को बिकासले फड्को मार्नेमा अाफु बिशस्त रहेको बताउनु भयो ।
पत्रकार हरुले सोधेको प्रश्नको जबाफ दिदै मन्त्री पोख्रलेले दुई ठुला पार्टिहरु मिलेर बनेको नेकपामा सबैलाई पहिला जस्तो पद नपुग्ने तर कुनै पनि नेता खालि बस्न नपर्ने जिकिर गर्नु भयो मन्त्री पोख्रेलले सगठन निर्माण लाई टोलटोलमा पुराई पार्टि एकीकरण पछिको अबस्थाका बारेमा कार्यकर्ता लाई जानकारी गराउन नेता तथा कार्यकर्ता लाई निर्देसन दिनु भयो ।पत्रकार सम्मेलन को अधिकाम्स समय मन्त्री पोख्रेलले पार्टि सगठन सुढरिढिकरण मा खर्चनु भएका मन्त्री पोख्रेलले नमुना प्रदेस बनाउने अभियानमा लागेकाले प्रदेसको बिकासले अहिले फड्को मारेको ले अाफुले पनि धेरै योजनाहरु को काम को गुणस्तरीयता बारे अनुगमन गरिरहेको बताउनु भयो ।

मन्त्री पोख्रेल नेकपा अर्घाखाँची ले अायोजना गरेको पार्टि प्रशिक्षण कार्यक्रम मा सहभागी हुन मङगलबार अर्घाखाँची अाएका हुन ।मन्त्री पोख्रेलले अर्घाखाँची मा निर्माराधिन अर्घा भगवती बिमान स्थलको निरिक्षण गर्नुको साथै अर्घाखाँची का ६ स्थानिय तहका जनप्रतिनिधि हरु सग भेटघाट कार्यलय प्रमुख हरुलाई निर्देसन सहिद झपेन्द सुरेन्द्र स्मृर्ति पार्कको अबलोकन गर्ने कार्यक्रम छ ।पत्रकार सम्मेलनमा नेकपा का केन्द्रीय सदस्य अर्घाखाँची ईन्चार्ज नजिर मिया केन्द्रीय सदस्य बोम बहादुर बिक सह ईन्चार्ज सुसिला श्रिपालि नेकपाका जिल्ला अध्यक्ष चेतनारायण अाचर्य जिल्ला सचिब ठाकुर कुमार बिक लगाएको सहभागी ता रहेको थियोे ।

त्यस्तै मुख्य मन्त्री सङकर पोख्रेल लाई सितगगा नगरपालिका को तर्फ बाट सितगगा नगरपालिका उपप्रमुख टीका रेष्मिले ज्ञापन पत्र बुझाएका थिए सितगङगा नगरपालिका भित्र ईलाका प्रसासन कार्यलय राख्ने बाताबरण मिलाईदिन मुख्य मन्त्री समक्ष त्याहाका स्थानिले माग गर्दै स्वागत गरेका थिए ।मन्त्री पोख्रेलको प्रमुख अतिथ्यता जिल्ला अध्यक्ष चेतनारायण अाचर्यको अध्यक्ष ता जिल्ला सचिब ठाकुर कुमार बिकको सन्चालन मा सभाहलमा नेकपाका नेता कार्यकर्ता हरुला प्रशिक्षण दिने कार्यक्रम जारि रहेको नेताहरुले बताएका छन ।