अर्घाखाँचीका एक युवाको मलेसियामा मोटरसाइकल दुर्घट्नामा परि मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
क्वालालम्पुर (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको भूमिकास्थान नगपालिका वार्ड नं.-८ नुवाकोट च्यूरामाटीका एक युवाको मलेसियामा मोटरसाइकल दुर्घट्नामा परि मृत्यु भएको छ।
नुवाकोट च्यूरामाटीका २३ बर्षिय गोपाल बिश्वकर्माको सोमबार  क्वालालम्पुरमा मोटरसाइकल दुर्घट्नामा परि मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का नेपालीको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भईरहेको नेपाली राजदुताबास मलेसियाले बताएको छ । 
कामबाट मोटरसाईकलमा कोठामा फर्किदै गर्दा बिपरीत दिशाबाट आउदै गरेको गाडीले ठक्कर दिएको थियो । बिश्वकर्मा मलेसियामा साढे २ वर्ष अगाडि रोजगारीको सिलसिलामा आएका थिए । 
स्थानिय सुरक्षा प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ । साथै मृतकको शव नेपाल पठाउने प्रक्रिया भईरहेको राजदुताबास बताएको छ । 

अन्य समाचारहरु