अर्घाखाँचीको बिकासमा मुख्यमन्त्रीक‍ो चासो

शोभाखर पन्थी 
अर्घाखाँची /असौज १  । मुख्यमन्त्री संकर पोख्रेलले अर्घाखाँची जिल्लाको बिकासको बारे चासो राख्नु भएको छ ।
जिल्लामा क्रियासिल राजनीतिकदल, सांसदहरू ,पालिका बाट निर्वाचित प्रमुख र उपप्रमुख तथा नागरिक समाजका प्रतिनिधिहरु सँगको अन्तरक्रियात्मक कार्यक्रममा उहाँले जिल्लाको बिकासको बारेमा गंभिर चासो राख्नु भएको हो । कार्यक्रममा मन्तव्य राख्दै  उहाँले अर्घाखाँचीको बिकासको निम्ति गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । जिल्लालाई कृषि तथा पशुपालन र पर्यटनका माध्यम बाट समृद्ध पार्न सकिनेमा जोड दिंदै उहाँले कामगर्ने ईच्छाशक्ति भएमा बजेटको कुनै समस्या नहुने बताउनुभयो । भौतिक पुर्वाधार मात्रै बिकास हो भन्ने मान्यता बाट माथि उठि जनताको जिवनस्तर उठाउने खालका कार्यक्रम संचालन गर्नुपर्ने भन्दै मुख्य मन्त्री पोख्रेलले अगाडि भन्नुभयो तपाईंहरुले पहाडी जिल्ला भईकन पनि टोल टोलमा मोटर बाटो पुर्‍याउनु भएको कुराले गर्व लाग्छ ,घर घरमा पुग्ने गाडी केबल बाहिर बाट सामान ढुवानीको निम्ति मात्रै लैजानु भएन उत्पादन गरेर निर्यात गर्ने वातावरण सिर्जना गर्नुपर्छ यसको निम्ति प्रदेश सरकार हर किसिमको सहयोग गर्न तयार छ । 
कृषिमा उपलब्ध गराईने लगानी वास्तविक किसानले मात्र पाउनुपर्नेमा उहाँको जोड थियो । कतै कतै एउटाले कामगर्ने र अर्कोले अनुदान पाउने, कतै अनुदानको लागि मात्र काम गरेको देखाउने तथा वास्तविक गर्न चाहने र गरेकाहरु सेवा र सुबिधा बाट बञ्चित रहनुपर्ने जस्ता क्रियाकलाप देखिएको भन्दै उहाँले चनाखो भएर लाग्न स्थानीय निकायका जनप्रतिनिधि हरुलाई सुझाव दिनुभयो । वास्तविक किसानलाई बेवास्ता गरेर राजनितीक आडमा अनुदान हातपार्ने प्रबृतिको अन्त्य गरीने मुख्यमन्त्री पोख्रेलको भनाइ थियो ।
 जिल्लाको समग्र भौतिक पुर्वाधारको निम्ति केन्द्रसरकार सँग मिलेर बिशेष योजनाका साथ काम गर्ने उहाँको धारणा थियो । 
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले समग्र जिल्लाको बिकास को निम्ति खुलेर बिचार राख्न अग्रह गरेपछि जिल्लाका नेता तथा जनप्रतिनिधिहरुले जिल्लाका संभावना  समस्या र चुनौतीका बारेमा कुरा राखेका थिए । जिल्ला अस्पतालको क्षमता वृद्धि,पाणिनी क्याम्पस ,सडकको स्तर उन्नति ,खानेपानीको समस्या ,पर्यटन बिकास ,कृषि ,पशुपालन ,चुरे संरक्षण ,बिद्यालयका भवन,सिचाइ , रोजगारीका अबसर आदिमा उनिहरुको चासो थियो । 
मुख्यमन्त्री पोख्रेलले ग्रामीण क्षेत्रमा करोडौंको लगानी लगाएर पुर्वाधार विस्तार गर्दासमेत बसाइँसराइ नरोकिएको प्रती चिन्ता समेत प्रकट गर्नुभएको थियो । कार्यक्रममा  पुर्व सभामुख ओनसरी घर्तीले निक्कै चासो पुर्वक जिल्ला नेताहरूको भनाई सुन्दै अर्घाखाँचीमा दल,जनप्रतिनिधि ,नागरिकसमाज र आम जनताबीचको अभुतपुर्व एकताको अन्य जिल्लाहरुले समेत पाठ सिक्नुपर्ने बताउँदै एकता मा बल हुने बताउनु भयो । त्यसो त मुख्यमन्त्री पोख्रेलले जिल्ला बासिबीचको एकता नै अर्घाखाँचीको बिकासको जग भएको बताउँदै खुलेर प्रसंसा गर्नुभएको थियो । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सांसद नजिर मियाँ , नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य द्वय बोम बहादुर बि.क.,शुशीला श्रीपाली,प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे ,जाल्पा भुसाल ,सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल ,उपप्रमुख ठाकुर कुमार बि.क.,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा,उपप्रमुख खडानन्द बेल्वासे,मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री ,पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम ,उपाध्यक्ष  लक्ष्मी गौतम ,छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल ,उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ ,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान,राष्ट्रिय जनमोर्चाका अध्यक्ष  थम्मन के.सी. सागर के.सी., सेरबहादुर बि.सी. लगायतका बक्ताहरुले मन्तव्य राख्दै  जिल्लाका समस्याको बारेका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।
यसैबीच मुख्यमन्त्री पोख्रेलले अर्घा भगवती मन्दिर र दरबारको अबलोकन गर्नु भएको छ । मन्दिर अबलोकन पछि  उहाँले ऐतिहासिक , पुरातात्विक, धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरपुर मन्दिर र दरबारको भौतिक पुर्वाधार बिकास गरि पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो । भगवती मन्दिर र दरबार क्षेत्रक‍ो पर्यटन प्रबद्धनको निम्ति  प्रदेश सरकारक‍ो ध्यानाकर्षण भएको उहाँको भनाइ थियो । 
कार्यक्रममा मन्तव्य राख्दै  पुर्व सभामुख ओनसरी घर्तीले ऐतिहासिक भगवती मन्दिर र दरबार  क्षेत्रको बिकास गरि पर्यटन प्रबर्द्धन गर्न सकेमा जिल्लामा आय आर्जनको बलियो श्रोत हुने बताउनुभयो । 
यसैगरी नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले ऐतिहासिक दरबार र मन्दिरको पुनर्निमाणको लागि कम्तिमा २५ करोड रुपैयाँ उपलब्ध गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।