सन्धिखर्कमा समाज कल्याण आधारभुत बिद्यालयमा अभिभावक भेला तथा बिद्यालय व्यवस्थापन समिति गठन

श्याम घिमिरे
भदौ ३१ अर्घाखाँची । समाज कल्याण आधारभुत बिद्यालय सन्धिखर्क नगरपालीका १ को अभिभावक भेला तथा बिद्यालय व्यबस्थापन समितिको गठन प्रक्रिया मंगलबार सम्पन्न भएको छ । भेलाले बिष्णुप्रसाद भुसाल,शान्ता भुसाल,दैकला मुखिया र बिष्णुप्रसाद भुसाललाई सर्बसहमतरुपमा पदाधीकारीमा चयन गरेको बिद्यालयले जनाएको छ ।
खिमबहादुर रायमाझीको अध्यक्षता विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद मिश्रको स्वागत मनतब्य र शिक्षक यमलाल भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर शिक्षा प्रमुख युगल नारायण बसेल,शिक्षा अधिकृत चोपलाल बेल्बासे सनपा १ का वडाअध्यक्ष युबराज बन्जाडे लगायतले मनतब्य राख्दै शिक्षक बिद्यार्थी र अभिभाबक बिच सुमधुर सम्बन्ध भएमा शिक्षाको गुणस्तर उकास्न सकिने कुरामा जोड दिनु भएको थियो ।
यसैबिच कार्यक्रममा अर्घाखाँची उद्योग बाणीज्य संघका महासचिब एवं युबा व्यवसायी प्रदिप मिश्रले आफ्नो ३५ औं जन्मदिनको अबसरमा बिद्यालयका बिद्यार्थीहरुलाई ड्रेसको जुत्ता खरीद गर्नको लागी पचास हजार रुपैया बिद्यालयलाई हस्तान्तरण समेत गर्नुभएको बिद्यालयले जनाएको छ । शिशु कक्षा देखी कक्षा ८ सम्म पढाईहुने उक्त विद्यालयमा हाल ३ सय ४२ जना विद्यार्थीहरूले अध्ययन गर्दै आईरहेको प्रधानाध्यापक बुद्धि प्रसाद मिश्रले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु