सुर्य भुसाल
सन्धिखर्क । लङका यातायात प्रालि अर्घाखाँची ले बिहिबार देखि अर्घाखाँची बुटवल हुदै काठमाडौं लाई हाईस सेवा सुरु गरेको छ ।
सन्धिखर्कमा केन्द्रीय कार्यलय राखेर सेवा दिन सुरु गरेको लङकामा साना ठुला गरि ८८ गाडि अाबद्द छन भने टोयटा कम्पनिका ७ बटा हाईस अर्घाखाँची बुटवल काठमाडौं सम्म सेवा दिन लागेको र अब दाङ पोखरा छिट्टै सेवा दिने लङका यातायात का अध्यक्ष कृस्न बहादुर भुसालले जानकारी दिनु भयो ।
काठमाडौ को बसपार्क मा लङका यातायात को काउन्टर राखिएको छ भने बुटवलमा काउन्टर राखेर गुणस्तरीय सेवा दिन सुरु गरिएको भुसालले बताउनु भयो ।
लंका यातायात प्रा. लि. का अध्यक्ष कृष्ण बहादुर भुसाल राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान नेपाल अर्घाखाँचीका अध्यक्ष राजेन्द्र जि . सि .लङका को पहिलो काठमाडौं छुटेको हाईसमा काठमाडौं गएका छन ।