सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका खाँचीकोट गच्छेबजार स्थायी घर भएका लक्ष्मण के.सी अहिले अर्घाखाँचीका कुसल ब्यबसायी हुन ।
झन्डै ५ बर्ष अष्ट्रेलिया बसेर पिआर भिसा प्राप्त गरेका लक्ष्मणले बिदेसमा होइन स्वदेशमा नै केही गर्नु पर्छ भन्ने मनसायका साथ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क चुत्राबेसीमा सुजुकी स्वरुम सन्चालनमा ल्याएका हुन ।
अर्घाखाँचीको आधिकारिक सुजुकी स्वरुम लिएका लक्ष्मण केसी बिदेसबाट फर्केर नेपालमा १५ जना कामदारहरुलाई रोजगारी दिएको बताउछन । उनी मासिक ३ लाख रुपैया कर्मचारीहरुलाई तलब बुझाउछन । सुजुकी स्वरुमबाट अहिले ट्याक्सी अल्टो लगायतका सुजुकी कम्पनीका गाडीहरु बिक्री वितरण गर्ने गर्छन । भने स्वरुममा गाडीहरु मर्मत सम्भार वासिङ गर्ने गरेका छन ।
केसी युवा अबस्थामै आधिकारिक डिलर ल्याएर ३ रोपनी जग्गामा गाडीको लागि आबश्यक पर्ने टस्ट निर्माण गरेर गाडी स्वरुम बनाएका छन । ढोरपाटन सडक अन्तरगत पर्ने ज्योति पेट्रोल पम्प नजिक स्वरुम छ ।
खाँचीकोटमा जन्मिएका केसी सरल स्वभावका मिहिनेती युवा हुन । उनको कम्पनीमा आएको ग्राहक फेरि अर्कोमा नजाने सर्बसुलभ मुल्यमा काम आफुले गुणस्तरीय गर्ने गरेको केसीको दावी छ ।
बिदेसमा भन्दा स्वदेशमा गर्नु पर्छ भन्ने उदेश्यले मासिक ४/५ लाखको आम्दानी माया मारेर अहिले झन्डै २ करोड लगानी गरि गाडी स्वरुम रिप्यरिङ सेन्टर सन्चालन गरेको केसीको भनाई छ ।