शोभाखर पन्थी
सन्धिखर्क अर्घाखाँची , नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनरायण आचार्यले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी, दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त व्यक्त गर्नु भएको छ ।
संविधान दिवको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै उहाँले नेपाली जनतनाको ठूलो त्याग , तपस्या र बलिदान बाट प्राप्त संविधानले गणतन्त्र , धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकका हक अधिकारको संरक्षण गरेको बताउनु भयो ! प्रदेस सभाका सदस्य समेत रहनु भएका उहाँले
ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी भए सँगै मुलुकमा विकास र समृद्धिको यात्रा सुरुवात भएको बताउनुभयो ।
नयाँ संविधानको रक्षा गर्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा समेत मिलेको उहाँको भनाइ छ । न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्नु नै हामी सबैको साझा लक्ष्य र उदेश्य हो भन्दै अध्यक्ष आचार्यले सोही दिशामा निरन्तर अगाडि बढ्न पार्टी कार्यकर्ता र आम जनतालाई आव्हान समेत गर्नु भएको छ ।