सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा देउराली यातायात प्रालि अर्घाखाँचीकाे आयाेजनामा सवारी चालक, सहचालक र गाडी धनिलाई दुई दिने ट्राफिक सम्बन्धि प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
तालिमको एक समारोहबीच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले पानसमा बत्ति बालेर उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट रामबाण गुल्मका गुल्मपति सुमन थापा सस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदी सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज वन्जाडे १२ का अध्यक्ष नारायण खड्का लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रमा चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठ पत्रकार महासघका उपाध्यक्ष गणेश खनाल ट्राफिक कार्यलयका प्रमुख प्राचित श्रेष्ठ लगाएत चालक सहचालकहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम देउराली यातायात प्रालिका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता सदस्य सचिब प्रेम पान्डेको सन्चालन सह अध्यक्ष भेष बहादुर बिसीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
देउराली यातायात अर्घाखाँचीको सबैभन्दा पुरानो अर्घाखाँची केन्द्रीय कार्यलय राखेको सस्था हो ।