हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची । सुरक्षित र आरामदायी यात्रा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ देउराली यातायात अर्घाखाँचीले प्रालीले चालक सहचालक र गाडी मालिकहरुलाई २ दिने प्रशिक्षण कार्यक्रम प्रालिको केन्दिय कार्यालय सन्धिखर्कमा सुरु गरेको छ ।
प्रशिक्षण तथा सम्मान कार्यक्रमको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले उदघाटन गदै यात्रुवाट भाडादरको बिषयमा आएको गुनासोलाई सरोकारवाल पक्ष संग आवश्क छलफल गरि वैज्ञानिक भाडा निधारण गर्ने वताए ।
प्रजिअ पौडेल देशको सुशासन र बिकासको प्रमुख अंगको रुपममा रहेको यातायात र प्रशासनलाई ऐन निमय वमोजिम दुरुस्त पालना गर्नु सवैलाई आग्रह गदै उनले भने,गाडी चलाउदा फोन प्रयोग नर्गनुुस,मिठो वोली राम्रो ब्यवहार,असल सस्कारको बिकास गर्नुस,सवै आप्मैदेखी सुर्धिनु पर्छ ।
कार्यक्रममा प्रहरी नायवउपरिक्षक प्रकाश बिष्ट, सन्धिखर्क नगरपालिका वाड न का अध्यक्ष युवराज वन्जाडे, १२ अध्यक्ष नारायण खडका, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालले प्रशिक्षण सफलताको सुशकामना राखेको थिए ।
२०६१ देउराली यातायात संस्थाको रुपमा स्थापित भई जिल्लाका बिभिन्न पालिका वाड वुटवल काठमाण्डौ लगायतका बिभिन्न ठाउँहरुमा सेवा गदै आएको यातायात अहिले सरकारले नयाँ नियम लागे गरे पश्चात २०७६ वाट देउराली यातायात प्रालिको रुपमा दर्ता भई सञ्चालन भएको प्रालिका अध्यक्ष योगेन्द खडकाले वताए ।
बिभिन्न प्रकारका साना ठुला गाडीहरु महेन्द जिप ११६ हासई ३० र माईक्रो वस २ गरि जम्मा १४८ वटा गाडीहरु प्रालीले बिभिन्न क्षेत्रमा सञ्चालन गर्दे आएको प्रालिका महासचिव प्रेम पाण्डेले जानकारी वताए ।
दुईदिन सम्म चल्ने प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय ,ट्राफिक प्रहरी र सस्थाका जिम्मेवार ब्यतिmहरुले बिभिन्न विषयमा ११० जना भन्दा वढीको सहभागीतामा प्रशिक्षण कार्यक्रम सुरु गरेको प्रालिका प्रभतmा गोबिन्द वन्जाडे वताए ।
उदघाटन कार्यक्रम प्रालिका अध्यक्ष योगेन्द खडकाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको प्रमुख आतिथ्यता, पुर्व सहअध्यक्ष भेष वहादुर बिसीको स्वागत मनतब्य र महासचिव प्रेम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।