प्रकासित मिती: असोज ३, २०७६
हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची असोज ३, २०७६ । पाँच नम्वर प्रदेश सभाको सदस्य रामजी प्रसाद घिमिरेले संघिय लोकतान्त्रिक गणतन्त्र सहितकोनेपाली जनताका प्रतिनिधीले वनाएको संबिधानले जनतालाई सार्वभौम बनाएको वताउनु भएको छ ।
संबिधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रममा वोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले जनताको भावनालाई कदर गदै वनाईएको संबिधान बिश्वकै उत्कृष्ट र ऐतिहासिक भएको वताउनु भयो ।
सांसद घिमिरेले संबिधानले जनताको राजनैतिक,सामाजिक मौलिक तथा मानवअधिकार जस्ता महत्वपुर्ण आधारभुत आवश्यकताहरुलाई ग्यारेन्टी गरेको वताउनु भयो । उहाँले भन्नुभयो,सबिधानको विरुद्धमा केही शतmीहरु सलवलाएका छन्,प्रतिगामी राजतन्त्रले सपना नदेख्दा हुन्छ नेपाली जनता सचेत छन्।
मदेशवादी दलहरुले सबिधानको बिरुद्धमा सरकारमा वसेर पनि वर्खिलाप गर्नु राजनैतिक वेईमानी भएको भन्दै घिमिरेले राष्ट्रलाई अग्रगतिमा लैजान लोकतन्त्रलाई थप सुृदृढ गर्न संविधानलाई दुईतिहाईले संसोधन गर्ने सक्ने गतिशिल दस्तावेज भएको वताउनु भयो ।
सन्धिखर्क वजारको मुख्य चोकहरुमा वाजागाजा सहित बिभिन्न परिक्रम गरि सन्धिखर्कको जिल्ला समन्वयको सभाहलमा सुरु भएको प्रवचन कार्यक्रमा सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरप्रमुख रेशम थापा, सन्धिखर्क नगर उपप्रमुख तथा नेकपा जिल्ला सचिव ठाकुर कुमार बिक प्रवचन मनतव्य ब्यतmभएको थियो ।
त्यस्तै कार्यक्रममा जिल्ला न्याएधिस वासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल,नेपाली काग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी बिवेकशिल पार्टी प्रमुख हरिप्रसाद भुसाल,परिवार दलका डिल्ली राज भुसाल,नेपाल पत्रकार महासघका अध्यक्ष हिम वहादुर जिसी लेकाली,उधोग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष नेत्र प्रसाद भुसाल, चेम्वर अफ कर्मशका अध्यक्ष अशोक क्षेष्ठले प्रवचन मनतब्य ब्यतm गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख पिताम्वर भुसाल शर्माको अध्यक्षता जिल्ला समन्वय अधिकारी जगनाथ पन्तको स्वागत र शेषकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको थियो ।