अर्घाखाँचीमा विप्लवका जिल्ला सचिवालय सदस्य शंकर शाहीले पार्टी छाडे

सुमन अर्याल
सन्धिखर्क, अर्घाखाँची असोज ४, ।   नेपाल कम्युनिस्ट पार्टी  विप्लवका अर्घाखाँची जिल्ला सचिवालय सदस्य शंकर शाहीले पार्टी छाडेको घोषणा गरेका छन् । शाहीले प्रेस विज्ञप्ति निकाल्दै पार्टीबाट बाहिरिएका हुन ।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नं ३ मा बस्ने बर्ष २४ का शंकर शाही विगत लामो समयदेखि पार्टीमा आवद्ध रहेका थिए। शाहीले युवा संगठन नेपाल अर्घाखाँचीको संयोजक नेतृत्वको भूमिका केही वर्षदेखि सम्हाल्दै पनि आएका थिए। 
नेत्र बिक्रम चन्द बिप्लब नेकपा पार्टीलाई सरकारले प्रतिबन्ध लगाइसकेपछि अनुसन्धानको क्रममा प्रहरीले गिरफ्तार गरेर २८ दिन शाहीलाई हिरासतमा राखेको थियो।
मेरो आफ्नै व्यक्तिगत व्यस्तताका कारण आज मिति २०७६-०६-०४ गतेका दिन देखि उक्त पार्टीको साधारण सदस्य समेत नरहेको कुरा विज्ञप्तिमा जारी गरिएको छ।
प्रेस विज्ञप्ति:-

अन्य समाचारहरु