अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ योजनाहरुको समीक्षा गोष्ठी तथा अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शितगंगा नगरपालिका वार्ड नम्बर ३ र ४ वार्डका गत आर्थिक वर्ष २०७५/७६ योजनाहरुको समीक्षा तथा नगरपालिकाद्वारा उत्पादनमा आधारित कृषि अनुदान वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख सुर्य अधिकारी लगायतका वार्ड प्रतिनिधि तथा स्थानियबासीहरुको सहभागीता रहेको थियो ।