ठाडामा नेपाल स्वयंसेवक संघ अर्घाखाँचीको प्रथम जिल्ला भेला तथा अन्तरक्रिया सम्पन्न

राज अधिकारी
ठाडा, अर्घाखाँची असोज ४  । नेपाल स्वयंसेवक संघ अर्घाखाँचीको प्रथम जिल्लातथा अन्तरक्रियात्मक कार्यक्रम श्री ज्योति भबिस्वोर बहुमुखी क्याम्पस शितगंगा नगरपालिकाको ठाडामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रम दीप बेल्बासे को अध्यक्षता , धिरज यादव को प्रमुख आतिथ्यता ,पुजा बेल्बासेको स्वागत मन्तव्य साथै भिम कौसल को संचालनमा सम्पन्न भएको हो सथै उक्त कार्यक्रममा उपन्यासकार जेवी दर्लामी ,ओह पुस्तकका लेखक भिम खनाल रमेस खनाल लगायत अन्य कलाकारहरूको पनि उपस्तिथि रहेको थियो ।
कार्यक्रममा भिम खनाल,जे बि दर्लामी,रमेश खलाल लगायत ले मन्तव्य राख्दै यस संस्थाको प्रगतिको कामना गर्नुभएको थियो भने प्रमुख अतिथि धिरज यादवले सस्थाको बारेमा प्रकाश पार्दै नेपाल स्वयंसेवक संघ बिशुद्द राजनीति भन्दा माथी रहेको र यो बिभिन्न संगठनहरुको एउटा साझा संगठन भै काम गरिरहेको र यस्को मुख्य उदेश्य भ्रष्टाचार, अनियमितता, हत्याहिंसा, बलात्कार, बेरोजगारी लगायतका विरुद्धमा बलियो भएर आवाज उठाउने तथा यी र यस्ता कार्यलाइ निर्मुल पार्ने रहेको बताउनु भयो ।
कार्यक्रम सस्थाका संस्थापक खेमराज पौडेल र भात्री संगठनका केन्द्रिय प्रबक्ता राज अधिकारीको समायोजन गर्नु भएको थियो त्यसै गरि दीप बेल्बासे ले राजनीति भन्दा भिन्न भएर काम गर्न असहज भएता पनि आफ्नो कार्य र उदेश्य प्रति सदैब पाइला चलाइ राखे एक दिन अबस्य सफल हुने कुरामा जोड दिदै समापन गर्नु लभएको थियो। साथै उक्त कार्यक्रममा बिजया दशमीको शुभकामना आदान प्रदान पनि गरिएको थियो ।

अन्य समाचारहरु