श्याम घिमिरे
सन्धिखर्क, असौज ३ अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला भेला सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । अखिल नेपाल किसान महासघंका केन्द्रिय अध्यक्ष भैरबराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले जिबनारायण खनालको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सर्बसहमत रुपमा गठन गरेको छ ।
जसकोे उपाध्यक्षमा गणेश बन्जाडे,सचिबमा भिमलाल आचार्य,सहसचिबमा कृष्ण बेल्बासे र कोषाध्यक्षमा तिलक भुसाल चयन भएकाछन । यस्तै समितिको सदस्यहरुमा क्रमशः ननुकान्त भुसाल,दिलदार हुसेन,रामचन्द्र भुसाल,रुमलाल पौडेल,गोपाल खनाल,सिता भट्टराई,योगेन्द्र थापा,बलराम बन्जाडे,मधु केसी र गिता ढकाल चयन भएका छन । त्यस्तै समितिले सागर केसी,चन्द्र बन्जाडे,देबि भुसाल र कृष्ण पन्थीलाई सल्लाहकार समितिमा समेत चयन गरेको छ ।
यसअघि भेलाको उद्घाटन गर्दे महासंघका केन्द्रीय अध्यक्ष रेग्मीले आर्थिक रुपमा रुपान्तरणगर्न कृषि क्रान्तिको आबश्यकता रहेको भन्दै किसानहरुको हकहितको लागी सबै किसानहरु एकजुट हुनुपर्ने कुरामा जोड दिए । सर्बहाराबर्गको नेतृत्वमा बनेको सरकारले मात्रै किसानका समस्याहरु समाधान गर्ने भएको हुदा त्यसतर्फ उन्मुख हुनुपनि कार्यकर्तालाई आग्रह गरे । यस्तै रेग्मीले कृषि उत्पादन गर्ने कृषकलाई सतप्रतिशत बिद्युत शुल्कमा छुटदिन सरकारसंग मागपनि गरे । उनले सहकारी अभियान सन्चालन गरेमा कृषिमा बिचौलियाहरुलाई निरुत्साहीत गर्न सकिने भन्दै सहकारीको माध्यमबाट अगाडी बढ्न कृषकलाई अनुरोध गरे ।

जिबनारायण खनालको अध्यक्षता, गणेश बन्जाडेको स्वागत मनतब्य र भिमलाल आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिब कृष्ण केसी, नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, राजमो नेता सागर केसी,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसी,अखिल नेपाल महिला संघकि जिल्ला सचिब कल्पना पोखे्रल, अखिल नेपाल युबक संघका जिल्ला सचिब ठाकुर पंन्थी,अखिल नेपाल शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष टेकबहादुर थापा लगायतले भेला सफलताको शुभकामना दिएका थिए ।