रुद्रमणि भुसाल
डिहिडाँडा, अर्घाखाँची असोज ६ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड ७ खाँचीकोटमा रहेको चन्द्रप्रभा माध्यमिक बिद्यालय डिहिडाँडाको ६६ औ वार्षिकत्सब तथा अभिभावक कार्यक्रम समपन्न भएको छ ।
वार्षिकत्सब कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख युगल नारायण बस्यालले शिक्षाको गुणस्तर सुधार गर्नको लागि अभिभावक ,बिद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो भएमा शिक्षामा धेरै सुधार आउने बताउनु भएको छ । उहाले चन्द्रप्रभा माध्यमिक बिद्यालयले भौतिक संचना केहि कमी भएपनि शिक्षामा राम्रो नतिजा ल्याएकोमा सध्यबाद समेत दिनु भयो ।
कार्यक्रममाा शिक्षा समन्वय इकाइ प्रमुख मणिराम पराजुलीले अहिले तीनतहको सरकार हुदा शिक्षाको ऐन कानुन प्ररस्ट नहुदा अधिकारका बिषयमा केहि अलमल भएको बताउनु भयो । उहाले अभिभावकहरुलाई प्राबिधिक शिक्षामा जोजदिन आग्रह समेत गनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं. ७ का अध्यक्ष पृतम बहादुर थापा , वार्ड नं. का ६ अध्यक्ष कृष्ण बहादुर आचार्य , नेकपाका नेता डुकलाल पोख्ररेल , नेपाली कांग्रेका बिष्णु प्रसाद अचार्य , पुर्ब प्रअ गणेश बहादुर सिह आर्दश माबिका प्र.अ. डिल्ली बहादुर थापा , साना किसान सहकारीका प्रबन्धक बिष्ण मरासिनी , निबृत शिक्षक टोपलाल खनाल , बिद्यार्थीहरु अबिन पौडेल , कबिता महत्रा , कार्यलय सहयोगी गणेस कुमार पोख्ररे लगायतले सुभकामना मनतब्य राख्नु भएको थियो । वार्षिकत्सब कार्यक्रममा चन्द्रप्रभाका प्रअ दिन बहादुर थापाले बिद्यालयको आर्थिक बर्ष २०७५।७६को एक करोड ७६ लाख बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गनु भएको थियो ।
कार्यक्रममा अक्षयकोषको छात्राबृदि बितरण र बिभिन्न बिद्याका पुरस्कार बितरण पनि गरिएको थियो । कार्यक्रम शिक्षक दिलिप कुमार पुरीक्षेत्रीको स्वागत मनतब्य तिर्थाराज आचार्य र त्रिलोकसिह संचालनमा सम्पन्न भएको हो । कार्यक्रम पिताम्बर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।