श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असौज ६ । संघिय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपालको अर्घाखाँची जिल्लामा पनि समायोजन कार्य सम्पन्न भएको छ ।
सन्धिखर्कमा सोमबार आयोजित भेलाले जिन्दक खड्काको अध्यक्षतामा ४१ सदस्यीय समाजवादी पार्टी जिल्ला समितीको गठन गरेको हो । जसको उपाध्यक्षमा यमुना थापा,टुकबहादुर चेवाली, सचिबमा जेबि दर्लामि,उपसचिबमा बिष्णुमाया पाण्डे र कोषाध्यक्षमा पुर्णप्रसाद श्रेष्ठ रहनुभएको छ ।
जिन्दक खड्काको अध्यक्षता,पुस्करनाथ आचार्यको स्वागत मनतब्य र जेबि दर्लामिको सन्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका ५ नम्बर प्रदेशका सह-ईन्चार्जद्वय कमल खनाल, नवीन कुमार सुनुवार, ५ नम्बर प्रदेश अध्यक्ष अशोक कुमार यादव, मुख्य सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव टोप बहादुर बलाल, पूर्व संघिय समाजवादी पार्टीका अर्घाखाँची जिल्ला अध्यक्ष नेत्र थापामगर ,पार्टीका नेताहरु नारायण ज्ञबाली,रमा आचार्य,महेन्द्र सुनार,सुरज बिक , दिनेश सुनार, मनिष सिंह लगायतका नेताहरूले मनतब्य राख्दै, पार्टीलाई शसक्त र बलियो बनाएर लैजाने कुरामा जोड दिनुभएको थियो ।