प्रकासित मिती: असोज ८, २०७६
मनिष अधिकारी
पाणिनी असोज ८ । पाणिनी गाउँपालिका अर्घाखाँची अन्तरगतका स्वास्थ्यसस्था हरुको आ ब ०७५/०७६ को बार्शिक समिक्षा गोष्ठी गाउँपालिका सभाहलमा बुधबार सप्पन्न भएको छ।
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रम मा ८ वटा स्वास्थ्य सस्था तथा ३ वटा सामुदायिक स्वास्थ्य इकाईहरुले बार्शिक कार्यक्रम को प्रगति प्रतिबेदन तथा समस्या चुनौती सहित को प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम मा स्वास्थ्य कार्यालय अर्घाखाँचीका गणेश राज पौडेल र आइ पास नेपाल् का स्वहेब अहम्मद ले पाणिनी अन्तर्गतको आफ्नो गतिविधि प्रस्तुतगर्नु भएको थियो।
कार्यक्रम मा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम,प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थी कार्यपालिका सदस्य,वडा अध्यक्ष आयुर्वेदिक शाखा प्रमुख लगायत ले बोल्दै स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा सबै समुदायको सहभागीता र गुणस्तरीय सेबा प्रदान गर्न पालिका ले प्रयास गरेको भन्दै निरन्तर सेबा प्रदानगर्ने सेबाकर्मि लाई धन्यवाद दिनुभएको थियो।
स्वास्थ्य संयोजक सेस्कान्त घिमिरे को स्वागत मन्तब्य तथा सह संयोजक रामप्रसाद घिमिरे को संचालित कार्यक्रम को समापन गर्दै पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम ले गुणस्तरीय स्वास्थ्यसेबामा कुनै कमि हुन नदिन सबै स्वास्थ्यकर्मी हरुलाइ निर्देशन दिदै स्थानीय स्वास्थ्य सस्थाहरु को आबस्यक सामग्री ब्यबस्थापन मा पालिका ले पुर्ण सहयोग गर्ने कुरामा जोड दिदै स्थानीय तह मा हस्तान्तरण भएका स्वास्थ्य सस्थाहरु को पुर्णरूपमा स्थानीय तह के जिम्मेवारी लिनु पर्ने बताउनु भएको छ ।