प्रकासित मिती: असोज ८, २०७६
हृदय भुसाल
नुवाकोट । नेपाल कम्युनिष्ट पाटी नेकपा भुमिकास्थान नगरकमिटीको तेस्रो पुर्ण बैठक भुमिकास्थान आठ नुवाकोटको पोखेडाँडामा महत्वपुर्ण निर्णहरु गर्दे सम्पन्न भएको छ ।
वैठक प्रमुख अथिती तथा नेकपा पाँच नम्वर प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीले वैठकलाई सम्वोधन गर्दे भावनात्मक एकतालाई थप सुदृढ गराउदै शसतm संगठन निमार्णमा लाग्नु पर्ने वताउनु भयो । नेता क्षेत्रीले पार्टीको बिधान बिधि अनुसार अनुुसाशनलाई पुर्णरुपमा पालना गर्दे पार्टीलाई पुरानाको अनुभव नयाँको जोस जागरले नयाँ गतिमा अगाडी वढाउनु पर्ने वताउनु भयो ।
बैठकमा प्रदेश कमिटी सदस्य तथा प्रदेश क्षेत्र न २का इन्चार्ज तोज बहादुर रायमाझी बिधान, प्रदेश कमिटी सदस्यहरु छमकुमारी खनाल चिनारी, पवित्रा पौडेल, कुटमदिन अली, नगर कमिटी इन्चार्ज खगेश्वर पन्थी सहइन्चार्ज ठाकुर बिक सौरागले वैठक मनतव्य राख्नु भएको थियो ।
तेस्रो पुर्ण बैठकले नगरकमिटीका सदस्यहरुको कार्यबिभाजन तथा संगठन निमार्ण र सदस्यता नविकरण नगर कार्यलयको चयन लगाएतका महत्वपुर्ण निर्णय गरेको बताईएको छ ।
वैठकले पाँच सदस्य नगर कार्यालय चयन गरको जसमा अध्यक्ष राजेन्द आचार्य, सचिव मणि पौडेल, झपलाल खनाल, राम प्रसाद गैरे, हरि केसी रहनु भएको छ । वैठकले दशै वटा वाडका इन्चार्ज सहइन्चार्ज र बिभिन्न बिभागका प्रमुख उपप्रमुख र बिभिन्न जनसंगठनका इन्चार्ज सहइन्चार्जको जिम्मेवारी समेत दिएको कार्यालय सचिव झुपलाल खनालले जानकारी दिनुभएको छ ।
वैठकले संंगठन बिभाव प्रमुख राजेन्द आर्चाय उपप्रमुख रुदलाल चुदाली, पार्टी स्कुल बिभाग प्रमुखमा मणि पौडेल उपप्रमुखमा सुन्दरहिंह ठकुरी,स्थानिय तह बिभाग प्रमुख टामलाल भटराई उपप्रमुख योगेन्द सिह सुनार, कोष तथा आर्थिक प्रशासन बिभाग प्रमुख झुपलाल खनाल, उपप्रमुख बिष्णु प्रसाद वन्जाडे लगाएका प्रमुख उपप्रमुख चयन गरेको छ त्यस्तै वाड न १को इन्चार्जमा चेतवहादुर थापा, २को इन्चार्ज शिव आचार्य, ३को इन्चार्ज शालिकराम खनाल, ४को इन्चार्जमा जगत बहादुर केसी सहइन्र्चाजमा बिष्णु वन्जाडे, वाड ५को इन्चार्जमा भवानी घ.म सहइन्चार्जमा होम बिर राना, वाड न ६को इन्चार्जमा रामप्रसाद गैरे सहइन्चार्जमा गोपाल बेल्वासे,वाड न ७को इन्चार्जमा तारा मल्ल, सह इन्चार्जमा मेघ वहादुर थापा, वाड न ८को इन्चार्जमा डिल्लीराज गैरे सहइन्चार्जमा भिमलाल जैसी वाड न ९को इन्चार्जमा खेमराज चुदाली सहइन्चार्जमा इश्वरी भुसाल र वाड न १०को इन्चार्जमा रेशम जिसी र सहइन्चार्जमा निर्मल घ.म रहनु भएको छ ।
वैठक कमिटीका अध्यक्ष राजेन्द आचार्यको अध्यक्षता , प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीको प्रमुख आथित्यता सचिव मणि पौडेलेको सञ्चालन मा सम्पन्न भएको पत्रकार हृदय भुसाल वताउनु भएको छ ।