सन्धिखर्कको पौटाथुममा कल्याण सेवा नेपाल दोस्रो वर्ष प्रवेश स्थापना दिबसको अवसरमा शैशिक सामाग्री बितरण ( तस्बिर सहित)

प्रकासित मिती: असोज ९, २०७६
हृदय कुमार भुसाल
पौटाथुम, अर्घाखाँची ।  संस्था ऐन २०३४ अनुसार गैहसरकारी संस्थाको रुपमा २०७५ साल असौज ८ गते स्थापना भएको कल्याणी सेवा नेपाल अर्घाखाँचीले पहिलो बर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा सन्धिखर्क नगरपालिका वाड १ पौटाथुममा रहेको  पार्वती आधारभुत बिधालयका बिधार्थीहरुलाई शैशिक सामाग्री हस्तारन्तरण गरेको छ ।
संस्थाले महिला तथा वालवालिकाको क्षेत्रमा बिशेष काम गर्ने उदेश्यले सस्था स्थापना गरि सामाजिक परिवर्तन,बिकास तथा जनचेतना क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गदै समाजमा बिभिन्न खाले समाजिक बिकृती बिसंगतीहरुको अन्त्य गरि समाजिक न्याए, बिकास र जनताको पक्षमा बिबिध अभियानहरु संस्थाले सञ्चालन गर्ने संस्थाका अध्यक्ष शुशिला वन्जाडेले वताईन ।
संस्थाले यो वर्ष अचार वनाउने तालीम, सञ्चालन वालमनोपरामर्श तालीम आर्थिक अवस्था कमजोर भएका बिरामीको लागी आर्थिक संकलन तथा बितरण,अति विपन्न वादी समुदायमा कपडा बितरण, आगोलागी बिडीतलाई राहत बितरण जस्ता कार्यक्रम गत वर्ष गरेको सस्थाका संचिव पबित्रा वन्जाडेले वताईन ।
सन्धिखर्कमा रहेको सामाजिक भावना भएका अगुवा महिलाहरुले स्थापना गरेको कल्याण सस्थाले आफनो स्थापनाको छोटो समयमै बिभिन्न गतिबिधी र अभियान कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
संस्थाको ७ सदस्य मुख्य कार्यसमिती र २९ सदस्य संस्थाका कृयाशिल सदस्य रहेको र संस्थाको नियमित वैठक तथा बिभिन्न सामाजिक अभियानका कार्यक्रममा सक्रय सहभागी हुदै आएको संस्थाका सहसचिव कमला भण्डारीले वताईन । 

अन्य समाचारहरु