बाँगीका एक युवाको भारतमा निधन, गाउँ नै शोकमय

प्रकासित मिती: असोज ९, २०७६
अर्घाखाँचीडट्कम संवाददाता 
 
बाँगी असोज ९,  अर्घाखाँची । भारतको फरिदावादमा मालारानीका  विवश कुँवरको बुधबार साँझ निधन भएको छ । 
मालारानी गाउँपालिका वार्ड न. -५ बाँगी निवासी  स्वर्गीय बुवा इन्द्र बहादुर कुँवर र माता सरिता कुँवरका एक मात्र छोरा १९ वर्षका विवश कुँवर  रोजगारीको सिलसिलामा भारतको फरिदाबाद  मा दुई वर्ष देखी कार्यरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।  
बुवा को मृत्यु पछि आर्थिक अवस्था कम्जोर भएका कारण भारतमा रोजगारी गर्न बाध्य भएका कुँवर का दुई दिदि एक बहिनी छन ।
आमा लाई सगाउन र बहिनी को पढाई अनि आफ्नो पढाई लाई निरन्तरता दिन्न भारत पसेका कुँवरको मृत्यक शरीर मात्र आउने भए पछि समग्र गाउँ नै शोकमा डुबेको छ। 
बैशाखमा कलास १२ को परिक्षा दिन्न नेपाल आउदा  धेरै विदा न भएपनि  दसैंमा अलि धेरै बिदा लिएर नेपाल आउने योजना रहेको स्थानीय  बताउछन् । लामो समय सम्म ज्वरो आए पछि बुधबार बेलुका अस्पताल लैजाने क्रममा उनको निधन भएको आफ्न ले बताएका छन  । 
शव शुक्रबार आइपुगे पछि बाँगी खोला मा अन्तिम दाहा संस्कार गरिने पारिवारिक स्रोतले  बताएको छ ।

अन्य समाचारहरु