सन्धिखर्क नगरपालिका वार्ड नं. १ स्थित शान्तिबगैचामा नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली र छठ पर्बलाई मध्यनजर गरी चाडपर्बको समयमा हुने सवारी चाप, यात्रुहरुको चापको कारण हुने दुर्घटना, बढी भाडा लिने समस्या लगायत अन्य बिबिध समस्याहरु समाधानको लागी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको अध्यक्षता, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेलको प्रमुख आतिथ्यता, सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत जिवन ज्ञवाली, प्रमुख अनुसन्धान अधिकृत बिनय कुमार चतुर्बेदीको बिशिष्ट आतिथ्यता, सन्धिखर्क नगरपालिका वार्ड नं. १ र २ का वडा अध्यक्ष ज्यू, यस जिल्लामा अबस्थित सम्पुर्ण यातायात ब्यबसायी समिति प्रतिनिधिहरु, पत्रकार तथा अन्य सरोकारवाला निकायहरु समेत ३५ जनाको उपस्थितिमा एक कार्यक्रमका बिच यात्रु सहायता कक्ष (Passenger’s Help Desk ) संचालन गरी प्रमुख अतिथिबाट उद्धघाटन सम्पन्न भएको छ ।
सुर्य भुसाल
सन्धिखर्क । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले चाड बाडका बेला मौकाको चौका हान्न खोज्नेलाई कार्यवाही गर्ने चेतावनी दिनु भएको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क शान्ति बगैचामा जिल्ला प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले स्थापना गरेको यात्रु सहायता कक्षको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कुनै पनि यात्रुहरुको गुनासो नआउने गरि गुणस्तरीय भरपर्दो सेवा यात्रुहरुलाई दिन यातायात ब्यबसायीहरुलाई आअाग्रह गर्नु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले सुरक्षित यात्राका लागि यस हेल्प डेक्स प्रभाबकारी हुने बताउदै यात्रुहरुको माग अनुसारका सवारी साधनहरु यातायात ब्यबसायीले सन्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे देउराली यातायात प्रालिका अध्यक्ष योगेन्द्र बहादुर खड्का नेपाल पत्रकार महासघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मन्तब्य राखेको कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरसभा सदस्य लक्ष्मण पराजुली बल बहादुर बिसी लङका यातायात प्रालिका अध्यक्ष कृस्न बहादुर भुसाल पश्चिम नेपाल बस ब्यबसायी प्रलिका राम बहादुर बस्नेत जिल्ला ट्राफिक प्रहरी प्रमुख सचिन श्रेष्ठ लगाएको सहभागी तामा भएको कार्यक्रम प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टको अध्यक्षता नारायण पराजुलीको सन्चालनमा सम्पन्न भएको हो ।