शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची /असौज ११ । ज्योती लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ।
कार्यक्रममा मन्तव्य राख्दै ज्योती लाइफ इन्स्योरेन्स ५ नं. प्रदेस इन्चार्ज चरणदास तिमिल्सिनाले सुनौलो भबिस्य निर्माण र आर्थिक क्षति विरुद्धको सुरक्षा को लागि बिमाको महत्त्वपूर्ण योगदान रहेको बताउनु भयो ।
उहाँले ३५ किसिमका प्राणघातक रोग लागेमा ज्योती लाइफले अधिकतम ५० लाख रुपैयाँ सम्म उपलव्ध गराउने बताउनु भयो ।
ज्योती लाइफ अर्घाखाँची शाखाका प्रमुख कृष्ण प्रसाद खनाल को संचालन मा सम्पन्न कार्यक्रम मा करिब ५० जना अभिकर्ताको सहभागीता रहेको थियो।