अर्घातोष डाँडाकटेरीको सरस्वती माता माविमा शैक्षिक तथा धार्मिक महाेत्सब शुरु ( तस्बिर सहित)

नबिन के.सी  
अर्घातोष, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका भित्र रहेका सामुदायीक बिद्यालयहरुलाई क्रमस प्राबिधिक शिक्षालय बनाउन तर्फ लाग्ने नेपाल सरकारका पूर्ब उप्रधानमन्त्री प्रतिनिधि सभा सदस्य तथा नेकपाका नेता टोपबहादुर रायमाझीले बताउनु भएको छ ।
शैक्षिक तथा धार्मिक महाेत्सबकाे पूर्व उप प्रधानमन्त्री प्रतिनिधि सभा सदस्य टाेप बहादुर रायमाझीले उद्घघाटन गर्नु भएको थियो ।
अर्घाखाँचीका बाटाहरु खन्ने काम तिब्रता भएको र अब पिच गर्ने तर्फ लागेको र अर्घाखाँची बासीको एक घर एक धारा बनाउने गरि यस बर्ष बजेट बिनियोजन भएको समेत बताउँदै अब गाउँलाई हराभरा बनाउन शिक्षा र स्वास्थ्य तर्फ लगानी गरि गाउँ फर्क अभियान सञ्चालन गर्नु पर्ने तर्फ लागेको बताउनु भयो ।
रायमाझीले बिद्यालयको शैक्षिक तथा धार्मिक महोत्सबका लागी संसद बिकास कोषबाट रु २० लाख बराबरको रकम प्रदान गर्ने घोषणा गर्नु भयो ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जनप्रतिनिधीको रुपमा गाउँपालिकामा आए पछि दुईवटा बिद्यालयमा प्राबिधीक शिक्षा सञ्चालन गरेर बजार झरेकाहरुलाई गाउँ फर्काएको बताउनु भयो । आचार्यले शान्ति मा.बि बागीमा कम्प्युटर शिक्षा र कालिका नेरामाबिमा सिबिल ईन्जिनियर पठाई सञ्चाल भईसकेको र निकट भबिष्यमा आर्दश मा.बिलाई कृषि बालि बिज्ञान तर्फ अगाडि बढाउने गरि काम गरिरहेको बताउनु भयो । आचार्यले शैक्षिक तथा धार्मिक महोत्सबबाट बिद्यालयको खातामा जम्मा भएको रकमको डबल रकम भौतिक संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै व्याक्तिगत रुपमा ५१ हजार सहयोगको घोषणा गर्नु भयो । कार्यक्रम मा सरस्वती मा.वि.का पूर्व प्र.अ .तुल्सि कुमार भुसाल ५१हजार , रूपन्देहि १२ निवासि नामबहादुर कुवँर , ३७०००/ रूपन्देही कार्यक्षेत्र बनायका प्रेमलाल भुसाल २११०० प्रदान गर्नु भएको छ ।
कार्यक्रममा प्रेमलाल भुसाल , तोमलाल बन्जाडे , नामलाल कुवँर , तुल्सीकुमार भुसाल , प्रेम पछाई , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकाली लगाएतले महोत्सबको सफलताले शुभकामना व्यक्त गर्दै स्र्माट बिद्यालय बनाउन सबैले सक्दो सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रमको पहिलो दिन २५ लाख रुपैया सहयोग रकम उठेको अायाेजकले बतायकाे छ। उद्धघाटन सत्रको कार्यक्रमको अध्यक्षता महायज्ञ मुल आयोजक समितीका संयोजक योगेन्द्र नाथ भुसालको अध्यक्षता , बिद्यालयका प्रध्यानाध्यापक हुमानन्द खनालको स्वागत मन्तव्य र शेषकान्त घिमिरे ओशनको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु