सन्धिखर्कको टुडिखेलमा असोज २७ गते देखि तेस्रो AYC अन्तरपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता हुने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची युवा परिषद द्वारा आयोजित AYC अन्तरपालिका स्तरीय रनिङ्ग शिल्ड भलिबल प्रतियोगिताको तयारी समीक्षा बैठक आज सम्पन्न  भएको छ। 
यहि असोज २७ गते देखि सन्धिखर्क टुडिखेल मैदानमा हुने प्रतियोगितामा जिल्लाका ६ वटा पालिका बिच प्रतिस्पर्धा हुने छ।
बिगतका प्रतियोगितामा पालिका भित्रका खेलाडी मात्र सहभागी हुने प्रतियोगितामा स्थानिय खेलाडिले खेलका नियम र प्रदर्शनमा शिकाइ होस भन्ने हेतुले यश बर्ष बाट प्रत्येक टिमले २ जना प्रशिक्षक खेलाडी समेत अनुबन्ध गर्न पाउने प्राबधान गरेको छ ।

अन्य समाचारहरु