प्रकासित मिती: ११ असोज २०७६
प्रेम नारायण आचार्य
छत्रदेव । छत्रदेव गाउँपालिकाको आयोजनामा वार्ड नं. ५, ६, ७ र ८ मा सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आर्थिक वर्षको पहिलो चरणको कार्यक्रम अन्तर्गत गाउँपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक सुरक्षा भत्तासँगै निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्न पाउँदा वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र असाहय बालबालिकाहरु निकै खुसी भएका छन् । स्वास्थ्य परिक्षणपछि स्थानीयहरुले निशुल्क रुपमा औषधि समेत पाएका थिए ।
चाडबाडको मुखैमा एमबिबिएस सहितका डाक्टर र स्वास्थ्य कर्मीहरुद्धारा स्वास्थ्य परिक्षण गराउँदा छत्रदेवका आम नागरिकहरु खुसी भएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो । अध्यक्ष पोख्रेलले गाउँपालिकाद्धारा विनियोजित भएका योजनाहरुको क्रमशः जनताको हितका पक्षमा काम गर्दै जाने बताउनुभयो ।
कार्यक्रमको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, निमिक्त प्रमुख प्रशासकिय अधिकृत गिरिराज पाण्डे, स्वास्थ्य संयोजक विश्वदेव न्यौपाने, सहसंयोजक कमल श्रेष्ठ, रोजगार संयोजक इश्वरी पाण्डे लगायत ४ वटै वडाका जनप्रतिनिधिहरुले अनुगमन गरेका थिए ।