सन्धिखर्कका ९५% मासु पसल सरसफाइको दायरामा

प्रकाशित मिति: आइतवार, आश्विन १२, २०७६


 सागर महत
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  सन्धिखर्क नगरपालिकाले दशैं तिहार नजिकिदै सँगै दैनिक प्रयोगमा आउने उपभोग्य वस्तुहरुको अनुगमनमा तीव्रता दिएको छ । जस अन्तर्गत आइतवार सन्धिखर्क बजारमा रहेका मासु पसलमा अनुगमन गरीएको छ ।
 अनुगमनको क्रममा भेटीएका कुहीएका माछा नष्ट गरीएको छ । भने फोहोर गरी मासु काट्ने केही पसल लाइ सुधारको लागी एक हप्ताको समय दिएको छ । पछिल्लो समय सदमुकाममा संचालीत ९५% मासु पसल सरसफाइ को दायरामा आएको पाएको छ । त्यस्तै पान नम्बर नलिएका र पसल दर्ता नगरेका, मुल्य सुची नराखेका ब्यापारीलाई समयमै राख्न आग्रह समेत गरिएको छ ।
 केहिदिनदेखि नगरपालिका र जिल्ला प्रशासनले अनुगमनलाई तीब्र रुपमा अगाडि बढाएको हो । अनुगमन जिवनाराण आचार्यको संयोजक गरीएको छ । 
अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रतिनिधि नारायण प्रसाद दमासे, कृषि अधिकृत राजेन्द्र भटराई, प्रहरी सहायक निरिक्षक राम अचल अहिर, उधोग बाणिज्य संघको प्रतिनिधि रुद्र श्रेष्ठ,अनुगमन सदस्य प्रकाश न्यौपाने, उपभोक्ता संरक्षणको तर्फबाट नबिन केसी, पत्रकार सागर महत लगायतको उस्थिति रहेको थियो ।

अन्य समाचारहरु