मालारानी गाउँपालिकाको बारेमा प्रकाशित समाचार र पालिकाको प्रेश बिज्ञप्तीमा भुल सुधार

डट्कम संवाददाता 
सन्धिखर्क ।   मालारानी गाउँपालिका अर्घाखाँचीका बारेमा गत असोज १ गते घटना र विचार साप्ताहीकमा प्रकाशन भएको बेथितीको आहालमा डुव्दै मालारानी शिर्षकको समचार र असोज २ गते सो पालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तीका बारेमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा त्रिपक्षीय बहश हुँदा समचारमा उल्लेख गरिएको एउटा विषयमा पालिकाले दाबी गरे अनुसार समाचार लेखकले भुल सुधार गर्नु भएको छ । 
पालिकाले सार्वजनिक गरेको बिज्ञप्ति पनि भुल सुधार गरियको छ । प्रजिअ विजयराज पौडेल र सप्रजिअ विष्नुराज बेल्वासेको अगाडी दुईवटा बुदाँ रहेको समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मालारानी गाउँपालिकाको तर्फवाट प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासीनी, कर्मचारीहरु नेत्रप्रसाद खनाल, ठाकुर प्रसाद खनाल र कुष्ण पान्डेको उपस्थीती रहेको थियो भने समचार लेखकका तर्फवाट मुक्तिनाथ भुसालको सहभागिता रहेको थियो ।
 यस भन्दा अगाडी समचार लेखक मुक्तिनाथ भुसालले लेखेको समचारका सबै बुदाँहरुमा केन्द्रित भई छानवीन गर्न र दोषिलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा ४ पेजको उजुरी निवेदन दर्ता गराए अनुसार छानवीन प्रक्रिया अगाडी बढीसकेको प्रजिअ पौडेलले जानकारी दिनुभएको छ । 
मंगलबार  विशेष गरि सार्वजनिक गरिएको प्रेस विज्ञप्तीकावारेमा मात्रै छलफल गर्दा यो समझदारी पत्र सम्पूर्ण मिडियालाई दुवैपक्षले सार्वजनिक गर्ने मौखिक सहमतीमा हस्ताक्षर भएको हो ।

अन्य समाचारहरु