भूमिकास्थान नुवाकोटमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगितामा तेजस्वी युवा क्लब ९ रनले बिजयी

अर्घाखाँचीडट्कम संवाददाता  
नुवाकोट  ।  दिगो विकास मञ्च भूमिकास्थान नगरपालिका ७ नुवाकोटको आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगितामा तेजस्वी युवा क्लब कमल पोखरी र रोयल लम्ची क्रीकेट क्लब B बीच भएको खेलमा तेजस्वी युवा क्लब ९ रनले बिजयी भएको छ । 
यस्तै बरौला क्रीकेट क्लब प्युठान र रोयल गनेरिबोट क्रीकेट क्लब बीच भएको खेलमा बरौलाक्रीकेट क्लब प्युठान १० विकेटले बिजय भएको छ ।  दोस्रो चरणको खेल मोर्डन टाउन क्रीकेट क्लब स न पा ४ र कमेडि युवा क्लब लात्तेबाज भु न पा ८ बीच भएको खेलमा मोर्डन टाउन युवा क्लब स न पा ४ ३५ रनले बिजय भयो ।
यस्तै इनर्जेटिक युवा क्लब प्युठान र नेकसेस युवा क्लब स न पा ७ पानडाडा बीच भएको खेलमा नेकसेस युवा क्लब ७ विकेटले बिजय भयो । यसैगरी यु ए सि सि अर्घा र आपखोला बीच भएको खेलमा यु ए सि सि अर्घा १५  रनले बिजय भयो । त्यस्तै किमडाडा युवा क्लब र ऎरावती वारियस प्युठान बीच भएको खेलमा ऎरावती वारियस प्युठान १५ रनले बिजय भएको छ । 

अन्य समाचारहरु