अर्घाखाँचीमा दशैंका लागि नयाँ नोट सटाई शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय अर्घाखाँचीबाट दशैं र तिहारका लागि नयाँ नोट सटाई शुरु भएको हुने भएको छ । 
बैकबाट बिहिवार  दिनभर टोट  सटाई गरिने  बैकका प्रबन्धक गुणानिधि भुसालले अर्घाखाँचीडट्कमलाई  जानकारी दिनु भयो ।
बैकबाट बिहिबार र शुक्रबार कर्जा, तथा निक्षेप ग्राहक तथा अन्य सरोकारवाला आम सर्बसाधण ब्यक्तिहरुलाई नोट  बितरण गरिने म्यानेजर भुसालले जानकारी दिनु भयो  ।
न्यून तथा मध्यम आय भएका परिबारलाई ध्यानमा राख्दै प्रति ब्यक्ति २००० का दरले चार हजार जनालाई  साना दरका नयाँ नोट  ४ हजार थान नसक्किउनसम्म  बितरण गरिने भएकोले बैकमा सम्पर्क राख्न आफुले आग्रह गरेको जानकारी भुसालले  दिनु भयो । 
बैकका कर्मचारीहरु नोट सटाईको तैयारीका लागि बुधबार पनि राति सम्म कार्यालयमा खटिरहेका छन ।

अन्य समाचारहरु