सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालय द्वारा बिजया दशमी तथा शुभ दिपावली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बिजया दशमी तथा शुभ दिपावली छट पर्व तथा नेपाल संबत लगायतका पर्बहरुको पाबन अबसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रम राष्द्रिय सभाका सांसद चन्द्र बहादुर खडका (उज्जवल) काे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल,प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट, नेकपाका नेता जनार्दन खनाल, कांग्रेसका सभापति विष्णु खनाल मुस्कान, राजमाेका अध्यक्ष थम्मन केसी, राप्रका अध्यक्ष दिपक कुवँर,विवेकशिल साझा पार्टीका नेता हरि प्रसाद भुसाल, संघीय समाजवादीका नेत्र थापा, परिवार दलका अध्यक्ष डिल्ली भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अन्य समाचारहरु