किमडाँडामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
किमडाँडा, अर्घाखाँची असोज १४ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाँडामा एक दिने पशु स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।
 किसानकालागि उन्नत विउ विजन परियोजनाको आयोजनामा सम्पन्न भएको पशु स्वास्थ्य शिविरको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएको थियो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, किसानकालागि उन्नत विउ विजन परियोजनाका लाइभ स्टक प्रमुख डा.केशव प्रसाद प्रेमी लगायतले मन्तब्य राख्न भएको थियो । 
कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्य समाचारहरु